२०८३ श्रावण १२ गते मंगलवार

images
  • समाचार
  • पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी...

पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

सहर्ष न्युज
सोमवार, फाल्गुण ११ २०८२
सहर्ष न्युज
सोमवार, फाल्गुण ११ २०८२
  • काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट शक्तिहरूबीचको एकता आगामी दिनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरेका छन्।

    आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका रमेश महर्जन र वडा नं–६ का पूर्व वडाअध्यक्ष नुच्छे महर्जनलाई स्वागत गर्दै दाहालले राष्ट्रवादी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए। उनले यस्तो सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राखे।

    कार्यक्रममा पार्टी प्रवेश गरेका पूर्वप्रमुख महर्जनले नेकपाका तर्फबाट कीर्तिपुर–१० मा तारा चिह्नबाट उम्मेदवार रहेकी रुपा महर्जन लाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए। उनले आगामी निर्वाचनमा पार्टीलाई सशक्त बनाउने अठोटसमेत व्यक्त गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend