२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • रौतहटको कर्फ्यु हटाइयो, सबगढामा शान्ति सद्भाव...

रौतहटको कर्फ्यु हटाइयो, सबगढामा शान्ति सद्भाव र्‍याली

रौतहटको कर्फ्यु हटाइयो, सबगढामा शान्ति सद्भाव र्‍याली

सहर्ष न्युज
सोमवार, फाल्गुण ११ २०८२
सहर्ष न्युज
सोमवार, फाल्गुण ११ २०८२
  • रौतहट : गौर–६ सबगढामा नागरिक समाजको अगुवाइमा शान्ति सद्भाव र्‍याली निकालिएको छ। केही दिनयता तनावग्रस्त बनेको क्षेत्रमा शान्ति कायम गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो।

    सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍यालीले प्रभावित गाउँको परिक्रमा गरेको थियो। र्‍यालीमा राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी तथा प्रशासनका अधिकारीहरूको सहभागिता रहेको थियो।

    यसैबीच, जिल्ला प्रशासन कार्यालय रौतहट ले आज बिहान ६ बजेदेखि कर्फ्यु हटाएको जनाएको छ। दुई समुदायबीचको विवाद चर्किएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले केही दिनअघि कर्फ्यु जारी गरेको थियो।

    स्थानीय तह र सुरक्षा निकायले संयमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend