२०८३ श्रावण ११ गते सोमवार

images

४१ दलले बुझाए निर्वाचन आयोगमा घोषणापत्र

४१ दलले बुझाए निर्वाचन आयोगमा घोषणापत्र

सहर्ष न्युज
शुक्रवार, फाल्गुण ८ २०८२
सहर्ष न्युज
शुक्रवार, फाल्गुण ८ २०८२
  • काठमाडौं ।   प्रतिनिधिसभा निर्वाचनमा भाग लिएका ४१ वटा दलले पार्टीको घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन् ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को तयारी अन्तर्गत निर्वाचन आयोगले दिएको निर्देशन अनुसार ४१ राजनीतिक दलहरुले आफ्ना घोषणापत्र आयोगमा बुझाएका  हुन् । निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ अनुसार राजनीतिक दल तथा उम्मेदवारलाई आफ्नो घोषणापत्र सार्वजनिक गरी आयोगमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ।

    निर्वाचन आयोगका अनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुले फागुन ३ गतेभित्र आफ्ना घोषणापत्र सार्वजनिक गरी तोकिएका निकायमा पेश गर्नुपर्ने थियो। यस अनुसार सबै दलहरूले समयमै आफ्नो घोषणापत्र सार्वजनिक गरी आयोगमा जानकारी गराएका छन्।

    निर्वाचन आयोगले नागरिकलाई उम्मेदवार र दलहरूको नीति तथा कार्यक्रमबारे सजग गराउने उद्देश्यले घोषणापत्र सार्वजनिक गर्नुपर्ने र त्यसको पालना हुनुपर्नेमा जोड दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend