२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • सात दल सहित ८६७ उम्मेदवारले खोले...

सात दल सहित ८६७ उम्मेदवारले खोले चुनावी खाता, बैंकमार्फत खर्च अनिवार्य

सात दल सहित ८६७ उम्मेदवारले खोले चुनावी खाता, बैंकमार्फत खर्च अनिवार्य

सहर्ष न्युज
शुक्रवार, फाल्गुण ८ २०८२
सहर्ष न्युज
शुक्रवार, फाल्गुण ८ २०८२
  • काठमाडौं।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारमध्ये करिब ८ सय ६७ जनाले चुनावी खाता खोलिसकेका छन्।

    निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दलले आफ्नो निर्वाचन खर्च बैंक वा वित्तीय संस्थाको खातामार्फत गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरेपछि यस्तो कदम उठाइएको हो। आयोगकी सहायक प्रवक्ता सीता पुनका अनुसार हालसम्म सात वटा दलले मात्रै चुनावी खाता खोलेका छन्।

    उम्मेदवारहरूले चुनावी खाता खोल्नका लागि आवश्यक सिफारिस प्रक्रिया पनि जारी छ। आयोगले यस सम्बन्धमा छुट्टै अनुगमन अधिकृत तोकेर खाता खोल्ने कामको निगरानी गरिरहेको छ।

    यस वर्षको निर्वाचनमा प्रत्यक्षतर्फ ३,४०६ जना उम्मेदवार छन्। आयोगले निर्वाचन खर्च पारदर्शी बनाउन दल र उम्मेदवारले अलग बैंक खाता खोल्ने व्यवस्था गरेको हो। यसअघि बैंकमार्फत खर्च अनिवार्य थिएन, तर यस वर्षदेखि यस्तो व्यवस्था लागू गरिएको छ।

    निर्वाचन आयोगले उम्मेदवारले आफ्नो निर्वाचन अभियानमा २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी भूगोलअनुसार खर्च सीमा तय गरेको छ। यसले आर्थिक अनुशासन कायम गर्न मद्दत गर्ने आयोगको भनाइ छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend