२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • फेवातालमा जाल हान्दा भेटियो एसएलआर र...

फेवातालमा जाल हान्दा भेटियो एसएलआर र १८ राउन्ड गोली

फेवातालमा जाल हान्दा भेटियो एसएलआर र १८ राउन्ड गोली

सहर्ष न्युज
शुक्रवार, फाल्गुण १ २०८२
सहर्ष न्युज
शुक्रवार, फाल्गुण १ २०८२
  • पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा पर्ने फेवातालमा जाल हान्दा बन्दुक र गोली भेटिएको छ । खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले बिहीबार साँझ हानेको जालमा एसएलआर र त्यसमा लाग्ने गोली अड्किएर आएका थिए ।

    नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरीले मु वा १११ (बट) नम्बर, बडी नं.१३८१० लेखिएको एसएलआर एक थान भेटेको पुष्टि गरेको छ ।

    सोही हतियारमा लोड भएको गोली १८ राउन्डसहित जालमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतलले जानकारी दिनुभयो ।

    हतियार र गोली सुरक्षा निकायले लिएर अनुसन्धानअघि बढाइएको उहाँले उल्लेख गर्नुभयो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend