२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • सुनकोशी–मरिण डाइभर्सन आयोजनास्थलमा दुर्घटना, क्रेनबाट खसेको...

सुनकोशी–मरिण डाइभर्सन आयोजनास्थलमा दुर्घटना, क्रेनबाट खसेको बिम लाग्दा मजदुरको मृत्यु

सुनकोशी–मरिण डाइभर्सन आयोजनास्थलमा दुर्घटना, क्रेनबाट खसेको बिम लाग्दा मजदुरको मृत्यु

सहर्ष न्युज
बिहिवार, माघ ३० २०८२
सहर्ष न्युज
बिहिवार, माघ ३० २०८२
  • सिन्धुली : सिन्धुलीको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको निर्माणस्थलमा भएको दुर्घटनामा एक जना मजदुरको मृत्यु भएको छ।

    कमलामाई नगरपालिका–२ कुसुमटारस्थित आयोजनास्थलमा ठेक्का रद्द भएपछि सामान झिक्ने क्रममा फलामको बिम लागेर घाइते भएका कमलामाई नगरपालिका–१ आंपचौर निवासी करिब ३१ वर्षीय अर्जुन भुजेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

    प्रहरीका अनुसार मरिण डाइभर्सन नजिक पुरानो घर भत्काएर राखिएको फलामको बिम क्रेनमार्फत उचाल्ने क्रममा क्रेनले अचानक नियन्त्रण गुमाउँदा कम्पनीमा कार्यरत भुजेललाई बिमले टाउको, अनुहार र घाँटीमा गम्भीर चोट लागेको थियो।

    घटनापछि सहकर्मीहरूले उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल सिन्धुली पुर्‍याएका थिए। अस्पतालको आकस्मिक कक्षमा उपचार सुरु गरिए पनि चिकित्सकले उनलाई बचाउन नसकिएको जनाएको छ।

    प्रहरीले घटनास्थलको मुचुल्का उठाउने, प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने तथा क्रेनको प्राविधिक अवस्थाबारे अनुसन्धान सुरु गरेको छ। दुर्घटनासम्बन्धी थप अनुसन्धानका लागि क्रेन चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend