२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक...

बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य: नेपाल

बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य: नेपाल

सहर्ष न्युज
बिहिवार, माघ ३० २०८२
सहर्ष न्युज
बिहिवार, माघ ३० २०८२
  • काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेश र बढ्दो विश्वव्यापी चुनौतीका बीच क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको धारणा राखेको छ।

    दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले यस्तो बताएका हुन्। उनले वर्तमान विश्वव्यापी अनिश्चितताका बीच राष्ट्रिय प्रयास र अन्तर्राष्ट्रिय प्रक्रियाबीच सेतुका रूपमा क्षेत्रीय सहकार्य अपरिहार्य भएको उल्लेख गरे।

    परराष्ट्र सचिव राईले क्षेत्रीय सहकार्यले साझा चुनौतीहरू समाधान गर्न र दीगो विकासका लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

    बैठकमा सार्कका महासचिव गोलाम सरवारले संगठनले विगत चार दशकमा हासिल गरेका उपलब्धिको स्मरण गर्दै अब क्षेत्रीय सहकार्यसम्बन्धी आकाङ्क्षालाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।

    आज समापन हुने उक्त बैठकले सार्क सचिवालयको बजेट तथा आगामी कार्यक्रमहरू अनुमोदन गर्नेछ। बैठकमा बंगलादेश, भूटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend