२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • मुग्लिङ–काठमाडौं सडकखण्डमा दुई बस ठोक्किए, यात्रु...

मुग्लिङ–काठमाडौं सडकखण्डमा दुई बस ठोक्किए, यात्रु र पसलका व्यक्ति घाइते

मुग्लिङ–काठमाडौं सडकखण्डमा दुई बस ठोक्किए, यात्रु र पसलका व्यक्ति घाइते

सहर्ष न्युज
आइतवार, माघ २६ २०८२
सहर्ष न्युज
आइतवार, माघ २६ २०८२
  • काठमाडौं । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ स्थित दसकिलोमा आज बिहान दुईवटा बस आपसमा ठोक्किँदा यात्रु घाइते भएका छन्।

    दाङबाट काठमाडौं आउँदै गरेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बस बिहान करिब साढे ७ बजे दुर्घटनामा परेका हुन्।

    दुर्घटनापछि एउटा बस सडक छेउमा रहेको टिनले छाएको कच्ची पसलमा ठोक्किँदा पसलमा समेत क्षति पुगेको छ। पसलमा रहेका व्यक्ति र बसमा सवार यात्रु घाइते भएका छन्।

    घाइतेहरूको उद्धार गरी धादिङको थाक्रे पोलिक्लिनिक तथा काठमाडौंका विभिन्न अस्पतालमा पठाइएको छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा संलग्न प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस चालक दाङको तुलसिपुर उपमहानगरपालिका–६ का २४ वर्षीय सन्तोष नेपालीलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend