२०८३ भाद्र २७ गते शनिवार

images

बुढानीलकण्ठको चुनीखेलमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

बुढानीलकण्ठको चुनीखेलमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

सहर्ष न्युज
बुधवार, माघ २२ २०८२
सहर्ष न्युज
बुधवार, माघ २२ २०८२
  • काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा गएराति लागेको आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको छ। राति करिब ११ बजे सुरु भएको आगो सुरक्षाकर्मीको सक्रियतामा नियन्त्रणमा लिइएको हो।

    आगलागी बस्तीमा रहेका दुईवटा जस्ताका टहरामा भएको थियो। घटनास्थलबाट ७ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन।

    आगो लाग्नुको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend