काठमाडौं : नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आज सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ पुगेको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घट्दै पाँच हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
