२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • राजुनाथ पाण्डेको छलफल कार्यक्रम प्रभावकारी :...

राजुनाथ पाण्डेको छलफल कार्यक्रम प्रभावकारी : जनतासँग संवाद बढ्दो

राजुनाथ पाण्डेको छलफल कार्यक्रम प्रभावकारी : जनतासँग संवाद बढ्दो

शनिवार, माघ १८ २०८२
शनिवार, माघ १८ २०८२
  • काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौं क्षेत्र नं. ३ का उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष संवाद बढाउँदै लगेका छन्। सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले बौद्ध वडा नं. ६ मा 'चिया कार्यक्रम' आयोजना गरेका थिए। उक्त कार्यक्रममा स्थानीय बासिन्दा, युवा, महिला तथा विभिन्न पेशाका व्यक्तिहरू सहभागी थिए। चिया पिउँदै गरिएको अनौपचारिक छलफलले स्थानीय समस्या, विकासका आवश्यकता र भविष्यका योजना बारे खुला कुराकानी भएको थियो। सहभागीहरूले यो कार्यक्रमलाई प्रभावकारी र उपयोगी भनेका छन्।

    कार्यक्रमपछि बोल्दै उम्मेदवार पाण्डेले भने, “यो केवल मुहार देखाउने अवसर मात्र थिएन, यो जनताका कुरा सुन्ने र साझा विचार आदानप्रदान गर्ने माध्यम हो। जनताका विभिन्न समस्या जान्न बुझ्न र यस्ता समस्या समाधान गर्न यस्ता संवाद आवश्यक छन् ।” बौद्ध क्षेत्रका बासिन्दाहरूले पनि कार्यक्रमको प्रशंसा गरेका छन्। जहिले नगरप्रहरी प्रमुखको पोशाकमा देखिने गरेका राजुनाथ पाण्डेलाई आफ्नै अगाडी देख्दा त्यहाँ एक उपस्थित स्थानीयले भने, “यस्तो खुला र सरल तरिकाले उम्मेदवारसँग कुरा गर्न पाउँदा राम्रो लाग्यो। हाम्रा कुरा सुन्ने इच्छा देखियो।”
    काठमाडौं क्षेत्र नं. ३ मा यसपटक बहुपक्षीय प्रतिस्पर्धा देखिएको छ। नेपाली कांग्रेसबाट रामेश अर्याल, नेकपा (एमाले) बाट रामेश्वर फुयाल, स्वतन्त्रबाट कुलमान घिसिङ लगायतका उम्मेदवारहरू चुनावी मैदानमा छन्। पूर्व काठमाडौं महानगर प्रहरी प्रमुखसमेत रहेका पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन्।

    निर्वाचन नजिकिँदै जाँदा यस्ता ग्रासरुट स्तरका कार्यक्रमहरू बढ्दै गएका छन्। यी कार्यक्रमले मतदातालाई उम्मेदवारसँग नजिक बनाउने र स्थानीय मुद्दालाई प्राथमिकता दिने प्रयासलाई प्रतिबिम्बित गर्छन्। आगामी दिनमा क्षेत्रभरिका विभिन्न स्थानमा घर दैलो तथा संवादात्मक कार्यक्रमहरू जारी रहने अपेक्षा गरिएको छ। मतदाताले यस्ता अवसरबाट उम्मेदवारहरूको योजना र प्रतिबद्धता बुझ्ने मौका पाउँछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend