काठमाडौं । सरकारले नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले यो व्यवस्था फागुन १ गतेदेखि लागू निर्णय गरेको हो ।
बैठकले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति पनि दिएको छ। उक्त भ्रमण २०८२ माघ १८ देखि २१ गतेसम्म हुनेछ।
साथै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुर्नसंरचना सम्बन्धी सुझाव समिति २०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।
