२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • बाक्लो हुस्सुकुहिरोले काठमाडौं उपत्यकासहित तराई मधेश...

बाक्लो हुस्सुकुहिरोले काठमाडौं उपत्यकासहित तराई मधेश प्रभावित, हवाई उडान अवरुद्ध

बाक्लो हुस्सुकुहिरोले काठमाडौं उपत्यकासहित तराई मधेश प्रभावित, हवाई उडान अवरुद्ध

सहर्ष न्युज
बिहिवार, माघ १६ २०८२
सहर्ष न्युज
बिहिवार, माघ १६ २०८२
  • काठमाडौं : काठमाडौं उपत्यकासहित तराई–मधेशका विभिन्न जिल्लामा आज बिहान बाक्लो हुस्सुकुहिरो लागेको छ। हुस्सु–कुहिरोका कारण पारदर्शिता अत्यन्त कम हुँदा हवाई उडानसमेत प्रभावित भएका छन्।

    काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान तथा अवतरण हालका लागि रोकिएका छन्। त्यस्तै भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायतका विमानस्थलबाट हुने आज बिहानका उडानहरू ढिलाइ भएका छन्।

    जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो परेको पानीका कारण आज बिहान हुस्सुकुहिरो लागेको हो। वाष्पीकरणको क्रममा माथिल्लो वायुमण्डलको तापक्रम चिसो हुँदा पानीका साना कण तल झरेर जमिन नजिकै अड्किँदा हुस्सु–कुहिरो बनेको विभागले जनाएको छ।

    मौसमविद्हरूका अनुसार यो अवस्था दिउँसोदेखि क्रमशः हट्दै जाने सम्भावना रहेको छ। यात्रुहरूलाई मौसमको अवस्था हेरेर यात्रा योजना बनाउनसमेत आग्रह गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend