२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • अजिरकोट–३ काफलडाँडामा दलित हकअधिकारसम्बन्धी सचेतनामूलक तालिम...

अजिरकोट–३ काफलडाँडामा दलित हकअधिकारसम्बन्धी सचेतनामूलक तालिम सम्पन्न

अजिरकोट–३ काफलडाँडामा दलित हकअधिकारसम्बन्धी सचेतनामूलक तालिम सम्पन्न

सहर्ष न्युज
मंगलवार, माघ १४ २०८२
सहर्ष न्युज
मंगलवार, माघ १४ २०८२
  • सुष्मा सापकोटा, अजिरकोट । नमुना दलित वस्ती विकास कार्यक्रम अन्तर्गत गोरखाको अजिरकोट गाउँपालिका वडा नं. ३ स्थित काफलडाँडा मिलिजुली वस्तीमा दलित समुदायका हक अधिकारसम्बन्धी सचेतनामूलक तालिम सम्पन्न भएको छ।

    तालिममा दलित समुदायका संवैधानिक अधिकार, सामाजिक न्याय, समानता, भेदभावविरुद्धका कानुनी प्रावधान तथा स्थानीय तहबाट प्राप्त हुने सेवा सुविधाबारे जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई अधिकारप्रति सचेत बनाउँदै सामाजिक समावेशीकरण र सशक्तीकरणमा जोड दिइएको आयोजकले जनाएको छ।

    Ajirkot Dalit 1.jpg
    undefined

    कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा दलित समुदायका महिला, पुरुष र युवाहरूको सहभागिता रहेको थियो। वक्ताहरूले दलित समुदायले आफ्नो अधिकारबारे जानकारी राखी स्थानीय विकास प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

    स्थानीय तहका अनुसार यस्ता सचेतनामूलक कार्यक्रमले दलित समुदायको आत्मविश्वास वृद्धि हुनुका साथै सामाजिक विभेद अन्त्य गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

    Ajirkot Dalit.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend