२०८३ श्रावण १२ गते मंगलवार

images
  • समाचार
  • न्युयोर्कमा भारी हिमपात, सडक र पार्क...

न्युयोर्कमा भारी हिमपात, सडक र पार्क सेताम्य

न्युयोर्कमा भारी हिमपात, सडक र पार्क सेताम्य

सहर्ष न्युज
सोमवार, माघ १३ २०८२
सहर्ष न्युज
सोमवार, माघ १३ २०८२
  • न्युयोर्क : अमेरिकाको न्युयोर्क सहरमा आइतबार बिहान ७ बजेदेखि हिमपात सुरु भएको छ। निरन्तर परेको हिउँका कारण सहरका सडक, भवन तथा पार्कहरू सेताम्य बनेका छन्।

    चिसो मौसमका बीच सर्वसाधारण न्यानो लुगा लगाएर दैनिक कामकाजमा व्यस्त देखिएका छन्। यद्यपि, हिमपातले बालबालिका र युवाहरूलाई भने उत्साहित बनाएको छ। उनीहरू पार्क र खुला स्थानमा हिउँमा रमाउँदै खेलिरहेको दृश्य देख्न सकिन्छ।

    हिमपातका कारण तापक्रम थप घटेको छ भने सवारी आवागमनमा समेत केही प्रभाव परेको जनाइएको छ। स्थानीय प्रशासनले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend