२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • सरकारी बक्यौता नतिर्ने ५२ जनाको तीनपुस्ते...

सरकारी बक्यौता नतिर्ने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक, ३५ दिनभित्र रकम नतिरे सम्पत्ति जफत हुने चेतावनी

सरकारी बक्यौता नतिर्ने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक, ३५ दिनभित्र रकम नतिरे सम्पत्ति जफत हुने चेतावनी

सहर्ष न्युज
आइतवार, माघ १२ २०८२
सहर्ष न्युज
आइतवार, माघ १२ २०८२
  • काठमाडौं । सरकारलाई तिर्नुपर्ने रकम लामो समयदेखि नतिरेका ५२ जना व्यक्तिको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ । महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले आज सार्वजनिक सूचना जारी गर्दै उनीहरूलाई ३५ दिनभित्र साँवा र ब्याजसहित रकम बुझाउन निर्देशन दिएको हो ।

    सार्वजनिक गरिएको विवरणमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, पोखरास्थित दि फूलबारी लिमिटेडका पियुष बहादुर अमात्यसहित कर्मचारी, कृषि व्यवसायी तथा सशस्त्र प्रहरीसमेत रहेका छन् । सूचनामा उनीहरूको नाम, ठेगाना र सरकारलाई तिर्न बाँकी रकम स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

    कार्यालयका अनुसार तोकिएको समयभित्र रकम नबुझाएमा सम्बन्धित व्यक्तिहरूको चल तथा अचल सम्पत्ति दाबी गरी प्रचलित कानुनअनुसार असुल उपर गरिने चेतावनी दिइएको छ ।

    यसअघि पनि सरकारी बक्यौता तिर्न बाँकी रहेकाहरूको लगत कायम गरी नाम वेबसाइटमा राख्ने, पटक–पटक सार्वजनिक सूचना प्रकाशित गर्ने तथा घर ठेगानामा पत्राचार गरी उपस्थित हुन आग्रह गरिएको थियो । तर ती प्रयासका बाबजुद पनि रकम असुली हुन नसकेपछि बाध्य भएर तीनपुस्ते विवरण सार्वजनिक गर्नुपरेको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend