२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • मुलुक पुननिर्माणका लागि स्वदेश फर्कन स्वतन्त्र...

मुलुक पुननिर्माणका लागि स्वदेश फर्कन स्वतन्त्र उम्मेद्वार राउतको आव्हान

मुलुक पुननिर्माणका लागि स्वदेश फर्कन स्वतन्त्र उम्मेद्वार राउतको आव्हान

सहर्ष न्युज
शनिवार, माघ ११ २०८२
सहर्ष न्युज
शनिवार, माघ ११ २०८२
  • काठमाडौं । पोखराका चर्चित आयुर्बेद व्यवसायी कृष्ण राउत आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बनेका छन् । कास्कीको क्षेत्र नं. १ बाट उनले स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । उनको चुनाव चिन्ह ‘त्रिभुज’ रहेको छ ।

    साँस्कृतिक र प्राविधिक विकासका लागि आफूले उम्मेद्वारी दिएको व्यवसायी राउतले बताए । गुणस्तरीय स्वास्थ्य, शिक्षाका साथै रोजगारीलाई पनि आफूले उच्च प्राथमिकतामा राखेको उनले बताए ।

    पूर्वकालमा ठूला–ठूला उद्योगसँगै मुलुक औद्योगिक युगमा प्रवेश गरिसकेको थियो तर विभिन्न कालखण्डमा ती उद्योगहरु मास्ने काम भएको भन्दै मुलुकमा पुनः औद्योगिक क्रान्ति आवश्यकतामा उनले जोड दिने बताए । ‘मुलुकमा पर्याप्त औद्योगिक विकास नभएकोले नै युवा पुस्ता विदेशिन बाध्य भएका हुन् ।’ राउतले भने– ‘पर्याप्त रोजगारीको बातावरणसँगै उनीहरुलाई स्वदेश फर्काउने कार्यमा म जोडदार आवाज उठाउने छु ।’

    मुलुकका उर्जावान युवाको ठूलो संख्या विदेशिएपछि गाउँघरमा मर्दा मलामी जाने समेत मान्छेको अभाव हुन थालिसक्यो । त्यसगरी काम गर्ने मानिसको अभावले खेतीयोग्य जमिन बाँझो भइरहको छ । यस्तो परिस्थितिमा विदेशिएका युवालाई स्वदेश फर्काई उनीहरुलाई व्यवसायिक तथा रोजगारीको बातावरण सिर्जना गर्ने चुनौतिसँगै दायित्य हाम्रो काँधमा आएको उनको भनाई छ ।

    मुलुक पुनर्निर्माणका लागि विदेशिएका उर्जावान युवाहरुको आवश्यकता उनले औल्याए । मुलुक पुननिर्माणको लागि युवाहरुलाई स्वदेश फर्कन समेत उम्मेद्वार राउतले आव्हान गरे ।

    जेनजी पुस्ताले आन्दोलनको भावना र मर्मलाई समेत आफूले भरपुर सम्बोधन गर्ने बताए ।

    खोटाङ जिल्लामा जन्मेका राउत लामो समयदेखि पोखरामा आयुर्वेद क्षेत्र तथा स्थास्थ्य सेवामा समर्पित छन् । उनी आयुर्वेद क्षेत्रको केन्द्रीय छाता संस्था राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल (रान)को केन्द्रीय बरिष्ठ उपाध्यक्षसमेत हुन् । विभिन्न सााजिक संघ/संस्थामा रहेर उनले लामो समयदेखि सामाजिक कार्यमा योगदान पु¥याउदै आएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend