२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • विद्युतीय गाडी आयात घट्दा स्मार्टफोनको आयात...

विद्युतीय गाडी आयात घट्दा स्मार्टफोनको आयात बढ्यो

विद्युतीय गाडी आयात घट्दा स्मार्टफोनको आयात बढ्यो

सहर्ष न्युज
शुक्रवार, माघ १० २०८२
सहर्ष न्युज
शुक्रवार, माघ १० २०८२
  • काठमाडौं ।  चीनसँगको प्रमुख नाकामा अवरोध र प्राकृतिक विपत्तिका कारण नेपालमा चालु आर्थिक वर्षको पुससम्म चार पांग्रे विद्युतीय गाडी (ईभी) आयात घटेको छ। भन्सार विभागका अनुसार चालु आवमा ५ हजार ७१ वटा ईभी १२ अर्ब ५ करोड रुपैयाँ बराबर आयात भए, जुन गत वर्षको सोही अवधिको ५ हजार ४८० भन्दा कम हो।

    भन्सार विभागले बुधबार जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८२-८३ को पुस सम्म चार पांग्रे विद्युतीय गाडी (ईभी) आयात गत आवको सोहि अवधिको तुलनामा कम हो । गत आवको सोहि अवधिमा नेपालमा कुल १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको ५ हजार ४८० थान इभी आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

    रसुवा नाका ठप्प भएपछि आयातमा कमी आएको बताइएको छ। हाल नाका सुचारु भए पनि असर जारी रहेको छ।

    त्यस्तै, चालु आवमा स्मार्टफोन आयात १२ लाख ५२ हजार थान पुगेर २३ अर्ब रुपैयाँ नाघेको छ, जुन गत वर्षको तुलनामा उल्लेख्य वृद्धि हो। व्यवसायीका अनुसार मोबाइल बैंकिङ, अनलाइन शिक्षा र सामाजिक सञ्जाल प्रयोग बढेसँगै उच्च क्षमताका स्मार्टफोनको माग बढेको छ।

    माइक्रो ओभन, इन्डक्सन र राइसकुकर आयातमा भने गत वर्षको तुलनामा खासै परिवर्तन छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend