२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • बालेन शाहले गराए झापा-५ बाट उम्मेदवारी...

बालेन शाहले गराए झापा-५ बाट उम्मेदवारी दर्ता

बालेन शाहले गराए झापा-५ बाट उम्मेदवारी दर्ता

मंगलवार, माघ ७ २०८२
मंगलवार, माघ ७ २०८२
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दर्ता गराएका छन् । दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन् ।

    बालेन्द्र शाह रास्वपाका समर्थक र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। उनलाई ठाउँठाउँमा कलससहित स्वागत गरिएको थियो। उनी काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्न झापा पुगेका हुन्।

    उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌‌ओलीलाई हराएर प्रधानमन्त्री बन्ने लक्ष्यका साथ झापा पुगेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend