२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • निर्वाचनमा उठ्न भरतपुर महानगरकी मेयर दाहालले...

निर्वाचनमा उठ्न भरतपुर महानगरकी मेयर दाहालले भोलि राजीनामा दिने

निर्वाचनमा उठ्न भरतपुर महानगरकी मेयर दाहालले भोलि राजीनामा दिने

सहर्ष न्युज
सोमवार, माघ ६ २०८२
सहर्ष न्युज
सोमवार, माघ ६ २०८२
  • काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भोलि (मंगलबार) राजीनामा दिने भएकी छिन्।

    उनले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएकी हुन्। दुई कार्यकाल मेयर पदमा रहेकी दाहाल आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट भाग लिनेछिन्।

    यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि प्रतिनिधिसभा निर्वाचनमा भाग लिन मेयर पदबाट राजीनामा दिइसकेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend