२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • ग्रीनल्यान्ड लिने विषयमा विरोध गर्ने देशहरूमाथि...

ग्रीनल्यान्ड लिने विषयमा विरोध गर्ने देशहरूमाथि नयाँ कर लगाउने ट्रम्पको धम्की

ग्रीनल्यान्ड लिने विषयमा विरोध गर्ने देशहरूमाथि नयाँ कर लगाउने ट्रम्पको धम्की

सहर्ष न्युज
आइतवार, माघ ५ २०८२
सहर्ष न्युज
आइतवार, माघ ५ २०८२
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ग्रीनल्यान्ड गाभ्ने आफ्नो उद्देश्यसँग नमिल्ने देशहरूमाथि कर लगाउने धम्की दिएका छन्।

    ह्वाइट हाउस बैठकमा ट्रम्पले "ग्रीनल्यान्डबारे आफ्नो उद्देश्यमा मत नमिलाउने देशहरूमाथि कर लाग्नसक्ने" बताएका हुन्। ग्रीनल्यान्ड नेटो सदस्य डेन्मार्कको अर्धस्वायत्त क्षेत्र हो।

    उनले कुनकुन देशमाथि नयाँ कर लाग्न सक्छ भन्ने खुलाएनन्। आफ्नो लक्ष्य पछ्याउन यस्तो करहरू लगाउन कुन अधिकार प्रयोग गर्नेछन् भनेर पनि उनले बताएका छैनन्।

    उनको योजनाको डेन्मार्क र ग्रील्यान्डसँगै अन्य देशहरूले पनि विरोध गरेका छन्। अमेरिकाभित्रै पनि उक्त भूभाग अधिग्रहण गर्ने विषयमा कतिपयले निन्दा गरेका छन्। ट्र्म्पले आफ्नो योजना बताइरहँदा संसद्को एउटा प्रतिनिधि टोली उक्त क्षेत्रप्रति समर्थन देखाउन ग्रीनल्यान्ड पुगेको थियो।

    कुल ११ सदस्यीय उक्त समूहमा रिपब्लिकनहरू पनि रहेका थिए। उनीहरूले ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै ग्रीनल्यान्ड लिने विषयमा राखेको धारणाबारे चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सांसदहरूका साथै डेन्मार्क र ग्रीनल्यान्डका प्रधानमन्त्रीहरूलाई पनि भेटेका थिए।

    उक्त समूहका नेता तथा एक जना डेमोक्र्‍याट क्रिश कून्सले भ्रमण त्यहाँका स्थानीय मानिसहरूलाई सुन्न र "माहौल ठन्डा बनाउन" उनीहरूको धारणा वाशिङ्टन पुर्‍याउन चाहेको बताएका छन्।

    ग्रीनल्यान्डकी एक सांसद अजा खेम्नित्सले अमेरिकी सांसदहरूसँगको भेटले आफूलाई "आशावादी" बनाएको बताएकी छन्।

    "हामीलाई साथीहरू चाहिएको छ। हामीलाई सहयोगीहरू चाहिन्छ," बीबीसीसँग बोल्दै उनले भनिन्।

    ट्रम्पको तर्क के हो ?

    ट्रम्पले अमेरिकाको सुरक्षाका लागि ग्रीनल्यान्ड महत्त्वपूर्ण भएको भन्दै वाशिङ्टनले यसलाई "सहज बाटो" वा "कठिन बाटो" अपनाउँदै किन्ने वा बल प्रयोग गरेर लिने बताएका छन्।

    "ग्रीनल्यान्ड अमेरिकी सुरक्षाका लागि हामी चाहिएको हो र यसमा साथ नदिनेलाई मैले कर लगाउन सक्छु," शुक्रवार ह्वाइट हाउसमा भएको बैठकमा ट्रम्पले भने।

    ग्रीनल्यान्डको जनसङ्ख्या एकदमै थोरै छ र यो उत्तर अमेरिका र आर्कटिकको बीचमा पर्छ र यो क्षेप्यास्त्र हमलाको अवस्थामा पूर्व चेतावनी प्रणालीको लागि र पानीजहाजको निगरानीका लागि राम्रो स्थान हो।

    अमेरिकाले यसअघि नै त्यहाँको उत्तर पश्चिम छेउमा पर्ने पिटुफ्फिक क्षेत्रमा १०० भन्दा बढी सैनिकहरूलाई स्थायी रूपमा राखेको छ। उक्त क्षेत्र क्षेप्यास्त्र अनुगमन केन्द्रका रूपमा रहेको छ र त्यो दोस्रो विश्वयुद्धयता सञ्चालनमा आएको हो।

    डेन्मार्कसँगको विद्यमान सम्झौता अनुसार अमेरिकाले उसले चाहे जति सैनिकहरू त्यहाँ लैजान सक्ने अधिकार रहेको राख्छ।

    तर ट्रम्पले रुस वा चीनको सम्भावित आक्रमणविरुद्ध आफ्नो प्रतिरक्षा गर्न अमेरिकाले आफ्नो "स्वामित्व"मा लिनुपर्ने बताउँदै आएका छन्।

    डेन्मार्कले सैन्य कारबाहीले उत्तर एट्लान्टिक सन्धि सङ्गठनको अन्त्य हुने चेतावनी दिएको छ। नेटोमा सबैभन्दा प्रभावशाली साझेदार भनेको अमेरिका नै हो।

    नेटोले बाहिरबाट हुने आक्रमणमा साझेदारहरूले एक अर्कालाई सहयोग गर्नुपर्ने उसको सिद्धान्त रहेको छ। नेटोले कहिल्यै पनि आफ्नो कुनै एक सदस्यविरुद्ध अर्कोले बल प्रयोग गर्ने अवस्थाको सामना गरेको छैन।

    युरोपेली साझेदारहरूले डेन्मार्कको समर्थनमा आफ्नो मत दिएका छन्।

    उनीहरूले आर्कटिक क्षेत्र आफ्ना लागि उत्तिकै महत्त्वपूर्ण रहेको र त्यसको सुरक्षा अमेरिकासहित नेटोको संयुक्त जिम्मेवारी हुनुपर्ने बताएको छ।

    फ्रान्स, जर्मनी, स्विडेन, नर्वे, फिनल्यान्ड, नेदरल्यान्डस् र यूकले आफ्ना सैनिकको सानो समूह ग्रीनल्यान्ड पठाएका छन्।

    फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले चाँडै नै "जमिन, हवाई , र समुद्री सम्पत्ति" त्यहाँ पठाउने बताएको समाचार बीबीसीले लेखेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend