२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • बाँझो जग्गामा कफी र अलैंची खेती...

बाँझो जग्गामा कफी र अलैंची खेती गर्ने किसानलाई अनुदान

बाँझो जग्गामा कफी र अलैंची खेती गर्ने किसानलाई अनुदान

सहर्ष न्युज
शुक्रवार, माघ ३ २०८२
सहर्ष न्युज
शुक्रवार, माघ ३ २०८२
  • स्याङ्जा : फेदीखोला गाउँपालिकाले गाउँघरमा लामो समयदेखि बाँझो रहेका जग्गाको सदुपयोग गर्दै कृषि उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहन रकम प्रदान गर्ने भएको छ।

    गाउँपालिकाले प्राविधिकको सिफारिसका आधारमा बाँझो जग्गामा कफी तथा अलैंची खेती गर्ने कृषकलाई नगद अनुदान उपलब्ध गराउने निर्णय गरेको हो। पालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार लामो समयदेखि खेती नगरिएको जग्गामा कृषि विस्तार गर्ने किसानले प्रतिरोपनी तीन हजार रुपैयाँका दरले अनुदान पाउनेछन्।

    यस कार्यक्रमअन्तर्गत पहिलो चरणमा करिब ५०० रोपनी बाँझो जग्गामा खेती विस्तार गर्ने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ। बाँझो जमिनलाई उत्पादनसँग जोड्दै किसानको आयस्तर उकास्ने उद्देश्यले यो कार्यक्रम अघि सारिएको अध्यक्ष सुवेदीले बताउनुभयो।

    गाउँमा जग्गा बाँझो राखेर विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्ने र स्थानीय स्तरमै कृषि उद्यमशीलता विकास गर्ने लक्ष्यसहित योजना ल्याइएको उहाँको भनाइ छ। यसले कृषि उत्पादन वृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।

    गाउँपालिकाले तोकेको मापदण्ड र प्राविधिकको सिफारिसअनुसार खेती गर्न इच्छुक कृषक तथा कृषि फर्महरूले थप जानकारी र आवेदन प्रक्रियाका लागि फेदीखोला गाउँपालिकाको कृषि शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend