२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार...

कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

सहर्ष न्युज
मंगलवार, पौष २९ २०८२
सहर्ष न्युज
मंगलवार, पौष २९ २०८२
  • काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइराला सम्मिलित संयुक्त इजलासले नगप्रमुख साहलाई दोषी ठहर गरेको हो।

    अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा रु एक लाख जरिवाना तथा सोही दफाको उपदफा (ख) बमोजिम छ महिना कैद सजाय सुनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले नगरप्रमुख साहलाई गत असार ३२ गते सेवाग्राहीसँग रु एक लाख घुस लिँदै गरेको अवस्थामा नगरपालिकाको कार्यालयबाटै पक्राउ गरेको थियो।

    कल्याणपुर नगरपालिका–६ मा नाला निर्माण योजनाको काम सम्पन्न भएपछि भुक्तानीको चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग उनले घुस लिएको अख्तियारको आरोप थियो। सोही आरोपसहित अख्तियारले गत साउन २३ गते विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो।

    यसै मुद्दामा, बयान फेरेको आरोपमा अख्तियारले गत मङ्सिर २६ गते उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जसोदा कुमारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। तर विशेष अदालतले जसोदालाई सफाइ दिएको छ। अदालतले संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको ठहर गर्दै उनलाई आरोपमुक्त गरेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend