२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • अमेरिकाद्वारा इरानमा रहेका आफ्ना नागरिकलाई तत्काल...

अमेरिकाद्वारा इरानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह

अमेरिकाद्वारा इरानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह

सहर्ष न्युज
मंगलवार, पौष २९ २०८२
सहर्ष न्युज
मंगलवार, पौष २९ २०८२
  • काठमाडौं । अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आग्रह गरेको छ। तेहरानस्थित दूतावासको तर्फबाट सुरक्षा एडभाइजरी जारी गर्दै अमेरिकी नागरिकहरूलाई यथाशीघ्र इरानबाट बाहिरिन भनिएको हो।

    एडभाइजरीमा इरानभर सरकारविरुद्धका विरोध प्रदर्शन तीव्र बन्दै गएको र अवस्था थप हिंसात्मक हुन सक्ने चेतावनी दिइएको छ। यस्तो परिस्थितिमा पक्राउ पर्ने, घाइते हुने तथा अन्य सुरक्षाजन्य जोखिम बढ्न सक्ने भन्दै अमेरिकी नागरिकलाई देश छाड्न सुझाव दिइएको छ।

    दूतावासले अमेरिकी नागरिकहरूलाई सुरक्षित रूपमा इरान छाड्न वैकल्पिक सम्पर्क तथा यात्रा उपायहरू खोज्न आग्रह गरेको छ। यदि अवस्था सुरक्षित भएमा आर्मेनिया वा टर्की हुँदै स्थलमार्गबाट बाहिरिने विकल्पबारे पनि विचार गर्न भनिएको छ।

    एडभाइजरीमा भनिएको छ, “यदि इरान छाड्न सकिने अवस्था छैन भने सुरक्षित स्थानमा बस्नुहोस्। खाना, पानी, औषधि तथा अन्य आवश्यक सामग्रीको पर्याप्त भण्डारण गर्नुहोस्। प्रदर्शन स्थलबाट टाढा रहनुहोस् र वरपरको अवस्थाबारे सधैँ सचेत रहनुहोस्।”

    इरानमा अमेरिकाको औपचारिक कूटनीतिक उपस्थिति छैन। अमेरिकाको तर्फबाट स्विट्जरल्यान्डले ‘प्रोटेक्टिङ पावर’को भूमिका निर्वाह गर्दै आएको छ। यस सन्दर्भमा अमेरिकी विदेश मन्त्रालयले ‘यूएस भर्चुअल एम्बेसी इरान’ मार्फत जानकारी तथा निर्देशन उपलब्ध गराउँदै आएको छ।

    इरानमा करिब दुई हप्तादेखि सरकारविरुद्ध प्रदर्शन जारी छन्। यसबीच सरकारको समर्थनमा पनि विभिन्न स्थानमा र्‍यालीहरू आयोजना भएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend