२०८३ श्रावण १२ गते मंगलवार

images
  • समाचार
  • पाँच महिनामा साढे सात अर्ब प्रत्यक्ष...

पाँच महिनामा साढे सात अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रियो

पाँच महिनामा साढे सात अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रियो

सहर्ष न्युज
सोमवार, पौष २८ २०८२
सहर्ष न्युज
सोमवार, पौष २८ २०८२
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि मङ्सिरसम्म कुल सात अर्ब ४७ करोड रुपैयाँ बराबरको एफडिआई भित्रिएको छ।

    गत आर्थिक वर्षको सोही अवधिमा छ अर्ब तीन करोड रुपैयाँ मात्र वैदेशिक लगानी आएको थियो। यस आधारमा चालु आवको पाँच महिनामा एफडिआई एक अर्ब ४४ करोड रुपैयाँले वृद्धि भएको देखिन्छ।

    सरकारले अवलम्बन गरेका नीतिगत सुधार र लगानीमैत्री वातावरणका कारण वैदेशिक लगानीमा सुधार आएको राष्ट्र बैङ्कको तथ्याङ्कले संकेत गरेको छ।

    यस्तै, समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर पनि बढेर सात अर्ब छ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर तीन अर्ब ५० करोड रुपैयाँ रहेको थियो।

    वैदेशिक लगानी र पुँजीगत प्रवाहमा आएको यो वृद्धिले अर्थतन्त्रमा सकारात्मक संकेत दिएको सरोकारवालाहरूले बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend