२०८३ श्रावण १२ गते मंगलवार

images
  • समाचार
  • ‘कांग्रेस दास र ला'सहरूको पार्टी होइन,...

‘कांग्रेस दास र ला'सहरूको पार्टी होइन, यहाँ ‘बा’ ले नबोल भन्दैमा कोही चुप लाग्दैन’

‘कांग्रेस दास र ला'सहरूको पार्टी होइन, यहाँ ‘बा’ ले नबोल भन्दैमा कोही चुप लाग्दैन’

सहर्ष न्युज
सोमवार, पौष २८ २०८२
सहर्ष न्युज
सोमवार, पौष २८ २०८२
  • काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र प्रश्न गर्ने र नेतृत्वलाई खबरदारी गर्ने चरित्र जीवितै रहेको बताएका छन्। उनले कांग्रेस दास र ला'सहरूको पार्टी नभएको सुनाए।

    आइतबार भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेतृत्वको गलत निर्णयमा प्रश्न उठाउँदा अनुशासनहीन भनिएकोमा प्रतिवाद गर्दै कांग्रेस जिउँदा मान्छेहरूको पार्टी भएको जिकिर गरे।

    ‘कांग्रेसमा प्रश्न मरेको छैन। कांग्रेस दास र लासहरूको पार्टी होइन,’ सम्बोधनका क्रममा थापाले भने, ‘कांग्रेस जिउँदा मानिसहरूको पार्टी हो। त्यसैले यहाँ प्रश्न उठ्छ, बहस हुन्छ र संघर्ष हुन्छ।’

    महामन्त्री थापाले कांग्रेसमा कोही पनि सर्वशक्तिमान शासक नहुने बताए। घुमाउरो पारामा अन्य दलको नेतृत्व शैलीप्रति व्यंग्य गर्दै उनले कांग्रेसमा कसैले ‘नबोल’ भन्दैमा कार्यकर्ता चुप नलाग्ने प्रस्ट पारे।

    ‘यहाँ कुनै ‘बा’ छैन, जसले नबोल भन्दै गर्दा बोल्न छोड्ने कोही छैन,’ उनले भने, ‘यहाँ हामी सबै बराबर छौँ। सभापतिदेखि साधारण सदस्यसम्म सबैको अधिकार समान छ।’

    उनले जुन पार्टीभित्र प्रश्न मर्छ, त्यसले समाजका समस्याहरूको उत्तर दिन नसक्ने बताए।

    ‘जुन पार्टीभित्र प्रश्न मर्छ, त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन। जसले प्रश्न गर्न सक्दैन, त्यसले उत्तर पनि खोज्न सक्दैन,’ थापाले भने, ‘तपाईंहरूको यो प्रयासले कांग्रेसलाई जिउँदो राखेको छ। जिउँदो कांग्रेसले मात्र समाजको जिम्मेवारी पूरा गर्न सक्छ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend