२०८३ कार्तिक १५ गते शनिवार

images
  • खेलकुद
  • एफ ए कपमा क्रिस्टल प्यालेस स्तब्ध...

एफ ए कपमा क्रिस्टल प्यालेस स्तब्ध - म्याक्लेसफिल्ड विजयी

एफ ए कपमा क्रिस्टल प्यालेस स्तब्ध - म्याक्लेसफिल्ड विजयी

आइतवार, पौष २७ २०८२
आइतवार, पौष २७ २०८२

  • काठमाडौँ । इंग्लिश एफ ए कपको तेस्रो चरणले फुटबल खेलहरुले संसारलाई स्तब्ध बनाएको छ। छैटौं तहको म्याक्लेसफिल्ड एफ सीले डिफेन्डिङ च्याम्पियन क्रिस्टल प्यालेसलाई २-१ ले हराउँदै इतिहास रचेको छ। यो एफ ए कपको सबैभन्दा ठूलो अपसेट मानिएको छ, किनकि दुई टिमबीच निकै अन्तर थियो। पल डसनले ४३औं मिनेटमा हेडर गोल गरे, इसाक बकलेले ६१औं मिनेटमा दोस्रो गोल थपे। यरेमी पिनोले ९०औं मिनेटमा फ्री किकबाट सान्त्वना गोल गरेता पनि म्याक्लेसफिल्डले जित हासिल गर्‍यो। १०८ वर्षपछि गैर-लिग टिमले ट्रफी होल्डरलाई हराएको हो। अर्को ठूलो खेलमा टोटेनहम हट्स्परले घरेलु मैदानमा एसटन भिल्लासँग १-२ पराजित भएको छ। भिल्लाका एमिलियानो बुएन्डिया र मोर्गन रोजर्सले पहिलो हाफमा गोल गरेका थिए, स्पर्सले दोस्रो हाफमा खेलमा फर्किन धेरै प्रयास गरे पनि खेलमा फर्किन तर जित्न सकेनन्। यसले टोटेनहमका म्यानेजरमाथि दबाब बढाएको छ। म्यानचेस्टर सिटीले भने एक्सेटर सिटीमाथि १०-१ को फराकिलो जित हासिल गरेको छ । त्यस्तै चेल्सीले चार्लटन एथलेटिकलाई ५-१ ले हरायो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend