२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • पूर्वराजा ज्ञानेन्द्रको सन्देशः ‘हिजो देश नबनेको...

पूर्वराजा ज्ञानेन्द्रको सन्देशः ‘हिजो देश नबनेको चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने डर’

पूर्वराजा ज्ञानेन्द्रको सन्देशः ‘हिजो देश नबनेको चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने डर’

सहर्ष न्युज
शनिवार, पौष २६ २०८२
सहर्ष न्युज
शनिवार, पौष २६ २०८२
  • काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको भविष्यप्रति गहिरो चिन्ता व्यक्त गर्दै देश नै संकटतर्फ उन्मुख भइरहेको अनुभूति हुन थालेको बताएका छन्।

    ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले नारायणहिटी राजदरबार छोडेको करिब दुई दशक बितिसक्दा पनि मुलुक निरन्तर संकटको घेरामा परिरहेकोप्रति चिन्ता व्यक्त गरेका हुन्।

    सन्देशमा उनले भनेका छन्, “हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।”

    पूर्वराजा शाहले आफूले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट कहिल्यै विमुख नभएको उल्लेख गरेका छन्। उनले राष्ट्रिय कर्तव्यबोधका साथ सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

    “सबै नेपालीले यो कर्तव्यबोध गरी ‘पृथ्वी पथ’ मा लाग्नुपर्दछ भन्ने हाम्रो धारणा र आह्वान छ,” सन्देशमा भनिएको छ, “नेपाली जहाँ रहे पनि नेपाली मूलको भन्ने पहिचान बोकेको हुन्छ। त्यसैले राष्ट्रको प्रतिष्ठासँगै नेपालीको प्रतिष्ठा पनि गाँसिएको हुन्छ।”

    पूर्वराजा शाहले देशबाट जनशक्ति निरन्तर बाहिरिँदै जानुले मुलुकको भविष्यप्रति निराशाको संकेत देखिएको बताएका छन्। साथै पछिल्लो समय पुँजी, पुँजीपति तथा कर्मवीर उद्यमीहरू समेत विदेश पलायन हुन थालेकोप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend