२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा...

नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका १० एसपी एसएसपीमा बढुवा सिफारिस

सहर्ष न्युज
बिहिवार, पौष २४ २०८२
सहर्ष न्युज
बिहिवार, पौष २४ २०८२
  • काठमाडौं । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

    गृह मन्त्रालयको बढुवा समितिको सचिवालयको पुस २३ गते बसेको बैठकले एसएसपी पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

    बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा विशेष सुरक्षा गण, कञ्चनपुरमा दरबन्दी भएका रामप्रकाश शाह रहेका छन्। त्यसपछि क्रमशः भुवनेश्वर तिवारी, ऋषि राम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी र नकुल पोखरेल बढुवा सिफारिसमा परेका छन्।

    यसैगरी दिलिप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवासचन्द्र बोहरा पनि एसएसपीमा बढुवा सिफारिस भएका छन्।

    बढुवा प्रक्रिया औपचारिक स्वीकृति र नियुक्तिसँगै अन्तिम रूप लिनेछ।

    SSP Badhuwa Suchi.jpeg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend