२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला...

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला ४ हजार ९३५ रुपैयाँ पुग्यो

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला ४ हजार ९३५ रुपैयाँ पुग्यो

सहर्ष न्युज
बुधवार, पौष २३ २०८२
सहर्ष न्युज
बुधवार, पौष २३ २०८२
  • काठमाडौं : बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ९३५ रुपैयाँ पुगेको हो ।

    अघिल्लो दिनको तुलनामा चाँदीको भाउ ५५ रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीले यसअघि पुस १४ गते ४ हजार ८९५ रुपैयाँको उच्च रेकर्ड बनाएको थियो, जुन बुधबार तोडिएको छ ।

    यता, सुनको मूल्य भने सामान्य घटेको छ । महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्दै २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

    यसअघि पुस १३ गते सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको थियो । सो दिन सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend