२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • अजिरकोटमा कोदोको रक्सी उत्पादन, ब्राण्डिङ र...

अजिरकोटमा कोदोको रक्सी उत्पादन, ब्राण्डिङ र बजारीकरणबारे अन्तरक्रिया सम्पन्न

अजिरकोटमा कोदोको रक्सी उत्पादन, ब्राण्डिङ र बजारीकरणबारे अन्तरक्रिया सम्पन्न

सहर्ष न्युज
मंगलवार, पौष २२ २०८२
सहर्ष न्युज
मंगलवार, पौष २२ २०८२
  • सुष्मा सापकोटा, गोरखा : अजिरकोट गाउँपालिकामा स्थानीय मदिरा (कोदोको रक्सी) उत्पादन, ब्राण्डिङ तथा विक्री वितरण व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अजिरकोट गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सभाहलमा अध्यक्ष दीपक देवकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा कोदोको रक्सीको उत्पादन प्रक्रिया, गुणस्तर निर्धारण, ब्राण्डिङ तथा बजार व्यवस्थापनलगायत विषयमा विस्तृत छलफल गरिएको थियो। अध्यक्ष देवकोटाले स्थानीय मदिराको उत्पादनदेखि विक्री वितरणसम्म गाउँपालिकाले आवश्यक सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    Ajirkot 1.jfif

    अन्तरक्रियामा सहभागीहरूले स्थानीय मदिरासँग सम्बन्धित अवसर, चुनौती र सम्भावनाबारे आ–आफ्ना धारणा राखेका थिए। गाउँपालिकाले नीति तथा कार्यक्रममै समेटेर कोदोको रक्सीलाई व्यवस्थित रूपमा उत्पादन गरी गुणस्तर कायम गर्दै ब्राण्डिङ र बजारीकरण गर्ने योजना अघि सारेको छ।

    अध्यक्ष देवकोटाका अनुसार अजिरकोट क्षेत्रमा आयातित मदिरा (रक्सी) लाई निरुत्साहित गर्ने र स्थानीय रूपमा उत्पादित कोदोको रक्सीलाई उमेर समूहअनुसार प्रयोगमा प्राथमिकता दिने नीति लिइनेछ। बाहिरबाट भित्रिने अल्कोहोलजन्य पदार्थलाई व्यवस्थित गर्न छुट्टै नीति बनाउने तयारी पनि गाउँपालिकाको रहेको उनले बताए।

    Ajirkot 2.jfif
    undefined

    यसैबीच, अजिरकोटका वडा नम्बर ४, २ र ३ तथा छिमेकी सिरानचोक गाउँपालिकाका वडा नम्बर ८ र १ मा सिजनल फलको रूपमा उत्पादन हुने खुर्पानीबाट जुस तथा वाइन उद्योग सञ्चालनको सम्भाव्यता अध्ययनले विशेष चर्चा पाएको छ। चालु आर्थिक वर्षमा अजिरकोटको सिरानडाँडा र नम्की क्षेत्रमा खुर्पानीबाट वाइन निर्माणसमेत गरिएको थियो।

    वाइन उत्पादनसम्बन्धी अध्ययन तथा अनुसन्धानका क्रममा जंगलमा उत्पादन भएर खेर गइरहेका वनजन्य फलफूल पानी अमला, काफल, ऐसेलु र चुत्रोलाई उद्योगसँग जोड्ने योजना अजिरकोटको नयाँ र महत्वाकांक्षी कार्यक्रमका रूपमा अगाडि बढाइएको छ।

    Ajirkot.jfif
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend