२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • एकै दिन काठमाडौंका १७ फर्ममा बजार...

एकै दिन काठमाडौंका १७ फर्ममा बजार अनुगमन : १५ फर्मलाई सुधारात्मक निर्देशन, एकलाई जरिवाना

एकै दिन काठमाडौंका १७ फर्ममा बजार अनुगमन : १५ फर्मलाई सुधारात्मक निर्देशन, एकलाई जरिवाना

सहर्ष न्युज
शुक्रवार, पौष १८ २०८२
सहर्ष न्युज
शुक्रवार, पौष १८ २०८२
  • काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनको क्रममा एकै दिन काठमाडौंका विभिन्न स्थानमा रहेका १७ वटा फर्ममा निरीक्षण गरेको छ।

    अनुगमनका क्रममा विभागले उग्रचण्डी खाद्यान्न स्टोरलाई नगद २० हजार रुपैयाँ जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ र ३८ (घ) बमोजिम कसुर पुष्टि भएपछि सोही ऐनको दफा ३९ (१)(क) अनुसार कारबाही गरिएको विभागले जनाएको छ।

    त्यस्तै, निकन्टिनेन्टल प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। बाँकी १५ वटा फर्मलाई भने आवश्यक सुधार गर्न सुधारात्मक निर्देशन दिइएको विभागले जानकारी दिएको छ।

    विभागले स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सरोकारवालाको सहभागितामा नियमित रूपमा बजार अनुगमन गर्दै आएको र बजारमा स्वच्छता तथा उपभोक्ता हित कायम गर्न निरन्तर पहल गरिरहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend