२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • मोरङको जहदामा हवाई फायरपछि ३३० केजी...

मोरङको जहदामा हवाई फायरपछि ३३० केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

मोरङको जहदामा हवाई फायरपछि ३३० केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सहर्ष न्युज
आइतवार, पौष १३ २०८२
सहर्ष न्युज
आइतवार, पौष १३ २०८२
  • काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा हवाई फायर गरेको छ। उक्त कारबाहीमा गाँजा भारततर्फ लैजाँदै गरेका दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

    मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार शनिबार राति करिब साढे १० बजे जहदा गाउँपालिका–२ तारिगामा नेपालबाट भारततर्फ गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा पुगेको टोलीले गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरूलाई देखेपछि उनीहरू भाग्न खोजेका थिए।

    प्रहरीलाई देख्नासाथ कारोबारीहरूले टाउकोमा बोकेको गाँजाको बोरा फालेर फरार हुन खोजेपछि स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गर्नुपरेको डिएसपी चुँडालले जानकारी दिइन्। त्यसपछि भारतको अररिया चन्दामोहन–५ का २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई ३३० केजी गाँजासहित पक्राउ गरिएको हो।

    प्रहरीका अनुसार कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारतमा दोब्बरभन्दा बढी मूल्यमा बिक्री हुने भएकाले सीमावर्ती क्षेत्र हुँदै तस्करी हुने गरेको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend