२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • रौतहटको ज्योती डिस्टिलरीमा बोइलर विस्फोट हुँदा...

रौतहटको ज्योती डिस्टिलरीमा बोइलर विस्फोट हुँदा एकको मृत्यु, ६ कामदार घाइते

रौतहटको ज्योती डिस्टिलरीमा बोइलर विस्फोट हुँदा एकको मृत्यु, ६ कामदार घाइते

सहर्ष न्युज
शनिवार, पौष १२ २०८२
सहर्ष न्युज
शनिवार, पौष १२ २०८२
  • काठमाडौं । रौतहट जिल्लाको कटहरिया नगरपालिका–९ मा रहेको ज्योती डिस्टिलरीमा शनिबार बिहान ठूलो दुर्घटना भएको छ। डिस्टिलरीभित्र रहेको बोइलर विस्फोट हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन्।

    प्रारम्भिक जानकारी अनुसार विस्फोट अत्यन्तै शक्तिशाली रहेकाले डिस्टिलरी परिसरमा भौतिक क्षति पुगेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि वीरगञ्जतर्फ लगिँदै गरिएको बताइएको छ।

    इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक (सई) धर्मेन्द्र पौडेलका अनुसार प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। हालसम्म विस्फोटको कारण तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

    घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिई थप क्षति हुन नदिन सुरक्षा व्यवस्था कडा बनाएका छन्। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend