२०८३ श्रावण १० गते आइतवार

images
  • समाज
  • कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभइ उत्पादक...

कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभइ उत्पादक कारागारका रुपमा विकास गरिनुपर्नेमा गृहमन्त्री लेखकको जोड

कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभइ उत्पादक कारागारका रुपमा विकास गरिनुपर्नेमा गृहमन्त्री लेखकको जोड

सहर्ष न्युज
आइतवार, भाद्र १६ २०८१
सहर्ष न्युज
आइतवार, भाद्र १६ २०८१
  • सर्हष न्युज, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नुवाकोट केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभइ उत्पादक कारागारका रुपमा विकास गरिने बताउनुभएको छ। 

    शनिबार नुवाकोटमा केन्द्रीय कारागारको उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने बताउनुभएको हो।

    ‘गृह मन्त्रालयले निर्धारण गरेको १० वटा काममध्ये नुवाकोटमा रहेको कारागार संचालन गर्ने हाम्रो सय दिनमा गर्ने काम मध्येको एक हो। यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्नेछौँ। यहा प्रशस्त जग्गा छ’, उहाँले भन्नुयो, ‘त्यसको उपयोग गर्ने हो। कारागार विस्तार र यहाँका कैदीबन्दीलाई विभिन्न सीप सिकाएर यही कारागार परिसरभित्र विभिन्न वस्तु उत्पादन गर्न लगाइने छ। यसले कैदीबन्दीको आर्थिक उपार्जन हुन्छ भने त्यो समान बाहिर लगेर बिक्री गर्दा यो ठाउँको पनि आर्थिक विकास हुन्छ।’ 

    कारागारमा ठूलो संख्यामा मान्छे बस्ने भन्दै त्यसले यहाँको आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गर्नुभयो।  ‘यहाँ बस्ने कैदीबन्दी र सुरक्षाकर्मीले यहाँकै खाद्यान्न र लुगालत्ता किन्नुहुन्छ। यसले यहाँको आर्थिक विकास हुन्छ’, गृहमन्त्री लेखकले भन्नुभयो। 

    कारागार बस्ने कैदीबन्दीको पनि मानव अधिकार हुने भएकाले आधुनिक सुविधा सम्पन्न र ठूलो कारागार बनाइएको उहाँको भनाइ थियो। उहाँले अहिलेको सरकार लोकतन्त्र, विधिको शासन र मानव अधिकारमा प्रतिबद्ध रहेको बताउनुभयो। 

    ‘संक्रमणकालीन न्याय सम्बन्ध कानुन बनाउँदा पनि हामीले मानवअधिकारको कुरालाई प्राथमिकता दिँदा आज कानुन पारित हुँदा संसारले स्वागत गरेको छ।  त्यसले वर्तमान सरकार मानवअधिकारको विषय प्रतिबद्ध छ’, उहाँले भन्नुभयो। 

    २८ हजार कैदीबन्दी रहेकामा १२–१३ हजार क्षमताको कारागार मात्र रहेको भन्दै अब कैदीबन्दीको चाप घट्ने गृहमन्त्री लेखकले बताउनुभयो। 

    केन्द्रीय कारागार विभागका महानिर्देशक जयनारायण आचार्यले कैदीबन्दीको सबै खालका अधिकार सुरक्षित हुने गरेर कारागार बनेको बताउनुभयो। उहाँले अन्य देशका लागि पनि नेपालको यो कारागार व्यवस्थापन नमूना बन्न सक्ने बताउनुभयो। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend