२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • बौद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स पर्यटन पदमार्ग...

बौद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स पर्यटन पदमार्ग सर्किटको कार्ययोजना प्रस्तुत तथा तालिम कार्यक्रम सम्पन्न

बौद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स पर्यटन पदमार्ग सर्किटको कार्ययोजना प्रस्तुत तथा तालिम कार्यक्रम सम्पन्न

सहर्ष न्युज
सोमवार, पौष ७ २०८२
सहर्ष न्युज
सोमवार, पौष ७ २०८२
  • सुष्मा सापकोटा, गोरखा । लमजुङ जिल्लाका मर्स्याङ्दी, दोर्दी र दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाका अजिरकोट र वारपाक सुलिकोट गाउँपालिकाको संयुक्त पहलमा आयोजना गरिएको ‘बौद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स पर्यटन पदमार्ग सर्किट’ सम्बन्धी महत्वाकाङ्क्षी कार्ययोजना प्रस्तुत तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    पाँचै गाउँपालिकाबीचको सहकार्य, एकता र साझा प्रतिबद्धताले ग्रामीण अर्थतन्त्र सुदृढीकरण, मौलिक संस्कृति तथा जैविक विविधताको संरक्षण र दिगो तथा जिम्मेवार पर्यटन प्रवर्द्धनतर्फ बलियो आधार तयार भएको आयोजकहरूले बताएका छन्।

    यसै सन्दर्भमा, बौद्ध हिमाल–हिमालचुली ग्रेट लेक्स सर्किटको प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गोरखा र लमजुङका पाँचै गाउँपालिकाका सहभागीहरूलाई लक्षित गरी पदमार्गमा आधारित पर्यटन विकास, प्रवर्द्धन तथा व्यवस्थापनसम्बन्धी तीन दिने तालिम आयोजना गरिएको थियो। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आयोजनामा तथा पाँचै गाउँपालिकाको सह–आयोजनामा अजिरकोट गाउँ कार्यपालिकाको कार्यालयमा तालिम सफलतापूर्वक सम्पन्न गरिएको हो।

    कार्यक्रम सफल बनाउन सक्रिय सहभागिता, सहयोग र सहकार्य गर्ने पाँचै गाउँपालिकाका अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी तथा टानप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

    आगामी दिनमा प्रस्तुत गरिएको गुरुयोजना व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन भई स्थानीय रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा समग्र क्षेत्रीय समृद्धिको साझा आधार बन्ने विश्वास व्यक्त गरिएको छ। साथै, यस अभियानमा निरन्तर साथ, सुझाव र नेतृत्व प्रदान गर्ने सम्पूर्ण सरोकारवालाप्रति सम्मानसहित कृतज्ञता प्रकट गरिएको छ।

    Ajirkot News Photo.jpg
    undefined

    Ajirkot News Photo 1.jpg

    Ajirkot News Photo 2.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend