काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ महानिर्देशकमा देवचन्द्र लाल कर्ण नियुक्त भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले मन्त्रीस्तरीय निर्णयअनुसार कर्णलाई शुक्रबार महानिर्देशकको जिम्मेवारी प्रदान गरेका हुन्।
कर्ण नागरिक उड्डयन प्राधिकरणका १२ औँ तहका कर्मचारी हुन्।
प्राधिकरणको यसअघि कार्यरत महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचारसम्बन्धी मुद्दामा निलम्बित भएपछि पद खाली भएको थियो।

