२०८३ कार्तिक १५ गते शनिवार

images
  • पर्यटन
  • हिमालपारीको जिल्ला मुस्ताङमा दुई महिनामा आयो...

हिमालपारीको जिल्ला मुस्ताङमा दुई महिनामा आयो हवाईजहाज

हिमालपारीको जिल्ला मुस्ताङमा दुई महिनामा आयो हवाईजहाज

सहर्ष न्युज
शुक्रवार, भाद्र १४ २०८१
सहर्ष न्युज
शुक्रवार, भाद्र १४ २०८१
  • काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा ६१ दिनपछि बिहीबार हवाई उडान भएको छ ।

    गत असार १५ गतेदेखि रोकिएको हवाई उडान भदौ १३ देखि सुरु भएको हो । बिहीबार मुस्ताङमा समिट एयरका पाँच वटा उडान भएको छ । मुस्ताङका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले पाँच वटा उडानमा पाँच जना नेपालीसहित ८४ जना यात्रु मुस्ताङ आइपुगेको जानकारी दिनुभयो । 

    गएको असारको तेस्रो सातादेखि अवरुद्ध भएको हवाई उडान बिहीबारदेखि नियमित भएको नागरिक उड्डयन प्राधिकरण मुस्ताङका प्रमुख केशव लम्सालले बताउनुभयो । विगतको समयमा विमानस्थलमा कुकुर प्रवेश गरेर सताउने गरेको भए पनि अहिले विमानस्थल वरपर अग्लो तारबार लगाएर कुनै पनि प्रकारका जनावर भित्र छिर्न नसक्ने खालको बनाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले गाईभैँसी तथा कुकुर केही पनि छिर्न नसक्ने गरी व्यवस्थापन गरिएको छ । 

    मुस्ताङका पर्यटन व्यवसायी अमृत सुवेदीले स्थल मार्गबाट सवारीसाधनको यात्रा हुने बेनी–जोमसोम सडकसँगै पोखरा–जोमसोम हवाई उडान सुरु भएपछि मुस्ताङका पर्यटकको आगमन बढ्ने बताउनुभयो । हवाई उडान सुरु भएसँगै विदेशी पर्यटकको आगमन मुस्ताङमा अझै बढ्ने उहाँको तर्क छ । 

    पोखरा–जोमसोम रुटमा बर्सातको सुरुवात भएसँगै असार १५ पछि हरेक वर्ष हवाई उडान बन्द हुने र भदौ दोस्रो सातापछि उडान नियमित हुने गरेको छ । मुस्ताङका पूर्वसांसद प्रेमप्रसाद तुलाचनले यस वर्ष पनि वर्षा सुरु भएपछि बन्द भएको हवाई उडान वर्षा कम हुँदै गएपछि नियमित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई महिनापछि आजबाट हवाई उडान सुरु भयो र म पनि आजै उडानबाटै आएँ । अब पोखरा जोमसोमको हवाइ उडानसँगै मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्ने आशा गर्न सकिन्छ ।” तुलाचनका अनुसार उडानमा अधिकांश भारतीय पर्यटक थिए ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend