२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • रूपाताल संरक्षण आयोजनाको बाँध निर्माणमा मन्त्री...

रूपाताल संरक्षण आयोजनाको बाँध निर्माणमा मन्त्री र महानिर्देशकको अनुगमन : बाँध निर्माण समयमै सम्पन्न गर्न निर्देशन

रूपाताल संरक्षण आयोजनाको बाँध निर्माणमा मन्त्री र महानिर्देशकको अनुगमन : बाँध निर्माण समयमै सम्पन्न गर्न निर्देशन

सोमवार, मंसिर ३० २०८२
सोमवार, मंसिर ३० २०८२
  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री माननीय कुलमान घिसिङ र सिँचाइ विभाग महानिर्देशक मित्र बरालले रूपाताल संरक्षण आयोजनाको बाँध निर्माण कार्यको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । अनुगमनका क्रममा आयोजनाको हालसम्मको प्रगति, निर्माण कार्यको गुणस्तर, सामना गरिएका समस्या र भावी कार्य योजना बारे विस्तृत छलफल भएको थियो ।
    मन्त्री घिसिङ र महानिर्देशक बरालले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । साथै, आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायहरूबीचको समन्वयलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    सिंचाइ तथा जलस्रोत व्यवस्थापना आयोजना कास्की,पोखरा अन्तर्गत निर्माणाधीन बाँधले रूपातालको क्षेत्रफललाई हालको करिब १.३५ वर्ग किलोमिटरबाट बढाएर १८० हेक्टरसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ । यसले तालको जलसतह स्थिर राख्नुका साथै जैविक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान पुग्नेछ । तालमा जलचर प्रजाति र ३६ भन्दा बढी प्रजातिका जलचर पक्षीहरूको बासस्थान सुरक्षित हुनेछ।

    1 roopaltaal.jpg

    roopa taal 4.jpg

    यो आयोजनाले पोखरा पर्यटनलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ । बाँध निर्माणपछि तालमा डुङ्गा, जलक्रीडा, माछा मार्ने गतिविधि, पक्षी अवलोकन र वरिपरि पैदलमार्ग निर्माणले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अनुमान गरिएको छ। पोखराको फेवाताल र बेगनासतालजस्तै रूपाताल पनि प्रमुख पर्यटकीय गन्तव्य बन्नेछ, जसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनुका साथै रोजगारी सिर्जना गर्नेछ ।

    3 roopatala.jpg
    सिँचाइ विभाग महानिर्देशक मित्र बराल- आयोजना प्रमुख विदुर श्रेष्ठ र आयोजनाका कर्मचारीहरु 

    आयोजना प्रमुख विदुर श्रेष्ठले मन्त्री र महानिर्देशकको अनुगमनबाट आयोजनालाई थप ऊर्जा मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “माननीय मन्त्रीज्यू र महानिर्देशकज्यूको निर्देशनले हामीमा नयाँ उत्साह जगाएको छ । यो आयोजना समयमै सम्पन्न भएमा रूपाताल पोखराको पर्यटनको मुटु बन्नेछ । गुणस्तरीय निर्माण र समन्वयबाट हामी यो महत्वपूर्ण राष्ट्रिय आयोजनालाई सफल बनाउन प्रतिबद्ध छौं ।”

    सिंचाइ तथा जलस्रोत ब्यबस्थापन आयोजना पोखराको प्राकृतिक सौन्दर्य र पर्यटन विकासका लागि कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend