२०८३ भाद्र २८ गते आइतवार

images
  • समाचार
  • सुन तोलाको दुई लाख ६० हजार...

सुन तोलाको दुई लाख ६० हजार सात सय पुग्यो, हालसम्मकै उच्च मूल्य

सुन तोलाको दुई लाख ६० हजार सात सय पुग्यो, हालसम्मकै उच्च मूल्य

सहर्ष न्युज
सोमवार, मंसिर ३० २०८२
सहर्ष न्युज
सोमवार, मंसिर ३० २०८२
  • काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार वृद्धि भइरहेको सुन सोमबार र हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा १९ सय रुपियाँले बढेर सोमबार प्रतितोला सुनको मूल्य दुई लाख ६० हजार सात सय पुगेको छ । आइतबार दुई हजार दुई सय रुपियाँले बढेर एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ८ सय पुगेको  थियो ।

    यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । आइतबारको तुलनामा ४५ रुपियाँले बढेर प्रतितोला चाँदीको मूल्य तीन हजार ८ सय ७० कायम भएको महासंघले जनाएको छ । आइतबार एक तोला चाँदी तीन हजार ८ सय २५ रुपियाँमा बिक्री भएको थियो । पछिल्ला दिनहरुमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि उच्च बिन्दुको यात्रामा पुगिरहेको छ । यही कारणले नेपाली बजारमा पनि सुनको मूल्य उच्च बिन्दुमा पुगेको हो ।

    नेपाली बजारमा मूल्यले उच्च बिन्दु छुनुका कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिमात्र होइन डलरको अधिमूल्यन पनि मुख्य कारण हो । नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ ।

    नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासङ्घलाई दिइएको छ । २०६६ साल अघि नेपालमा खुल्लारुपमा सुनको आयात गर्न पाइन्थ्यो । २०६६ पछि भने नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनाइएको थियो । त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्नसक्थे ।

    राष्ट्र बैंकले दैनिक सुन आयातको कोटालाई तलमाथि गर्दै आएको छ । आवश्यकताअनुसार राष्ट्र बैंकले सुनको कोटा निर्धारण गर्दै आएको छ । हाल दैनिक २० किलो सुन आयात गर्न पाइन्छ ।  व्यवसायीहरुका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय परिदृश्य हेर्दा अझै बढ्नसक्छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend