२०८३ श्रावण ११ गते सोमवार

images

को-को बन्दैछन् नयाँ मन्त्री ?

को-को बन्दैछन् नयाँ मन्त्री ?

शुक्रवार, मंसिर २७ २०८२
शुक्रवार, मंसिर २७ २०८२
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । आज चार जना मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

    शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठमाधव चौलागाईंराजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ ।

    श्रद्धालाई महिला तथा बालबालिकाचौलागाईं वनभण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ ।

    यसअघि मन्त्रिपरिषद् १० सदस्यी थियो । पछिल्लोपटक ९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् पनुर्गठन गरेर १० सदस्य पुर्‍याइएको थियो । त्यसबेला डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए । चौथोपटक विस्तार भएपछि १४ सदस्यीय हुने भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend