२०८३ भाद्र २७ गते शनिवार

images

नक्कली नोटसहित एक युवक पक्राउ

नक्कली नोटसहित एक युवक पक्राउ

सहर्ष न्युज
बिहिवार, मंसिर २६ २०८२
सहर्ष न्युज
बिहिवार, मंसिर २६ २०८२
  • सर्लाही : सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिका–६ फेनहारामा प्रहरीले नक्कली नेपाली नोटसहित एक युवकलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार इलाका प्रहरी कार्यालय फेनहाराबाट खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको अनटेष्ट स्टिमर एक्स मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालकका साथ नक्कली नोट फेला परेको हो ।

    मोटरसाइकल चालक कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खानको पछाडिको गोजीबाट एक हजार दरका ९५ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

    नक्कली नोट भेटिएपछि खानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएका छन् भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend