२०८३ श्रावण १२ गते मंगलवार

images
  • समाज
  • कुलमान घिसिङलाई कारबाही गरे काँग्रेस सांसद...

कुलमान घिसिङलाई कारबाही गरे काँग्रेस सांसद अर्जुननरसिंह केसीले ‘नोट अफ डिसेन्ट’ लेख्ने

कुलमान घिसिङलाई कारबाही गरे काँग्रेस सांसद अर्जुननरसिंह केसीले ‘नोट अफ डिसेन्ट’ लेख्ने

सहर्ष न्युज
बिहिवार, भाद्र १३ २०८१
सहर्ष न्युज
बिहिवार, भाद्र १३ २०८१
  • काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्न नहुने बताउनुभएको छ ।

    बुधवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद केसीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बक्यौता रकम उठाउनुपर्छ भनेको आधारमा कारबाही गर्न नहुने बताउनुभएको हो ।

    उहाँले सार्वजनिक लेखा समितिले कसैलाई कारबाही गर्ने(नगर्ने भन्दा पनि सम्पूर्ण बक्यौता रकम उठाउन निर्देशन दिनुपर्ने बताउनुभयो । उहाँले घिसिङलाई कारबाही गर्दा राम्रो सन्देश नजाने बताउनुभयो ।

    उहाँले भन्नुभयो, 'विद्युतीकरण र विद्युत् उपभोक्ता ६७ लाख परिवार छन् । त्यो परिवारसम्म पुग्ने सन्देश, कुलमानजी चाहिँ बाँकी बक्यौता सबै उठाउनुपर्छ भन्ने । अनि हामी कुलमानलाई कारबाही गर्ने भन्यौँ भने त्यसले सन्देश के जान्छ ? त्यसकारणले बाँकी बक्यौतालाई स्पष्ट रुपबाट २१ अर्ब ८८ करोड नै उठाउने । तर यसलाई तत्काल उठाउ भनेर समय, सीमा तोकिदिने र अहिलेसम्मको आयोग, उपसमितिको अध्ययनको सारांश केन्द्रित गराएर अहिलेसम्मका गर्नुपर्ने काम किन भएन र तत्कालै बाँकी बक्यौता असुल गर भन्ने सिवाय लेखा समितिले अरु कसलाई कारबाही गर्ने, नगर्नेमा प्रवेश नै गर्नुहुन्न भन्ने अडानमा म छु ।ू

    सार्वजनिक लेखा समितिको सदस्यसमेत रहनुभएका सांसद केसीले घिसिङलाई कारबाही गर्ने समितिको निर्णय भएमा आफूले नोट अफ डिसेन्ट लेख्ने पनि बताउनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend