२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • रास्वपाद्वारा प्रत्यक्षतर्फका उम्मेदवारका लागि आवेदन खुला,...

रास्वपाद्वारा प्रत्यक्षतर्फका उम्मेदवारका लागि आवेदन खुला, शुल्क २५ हजार तोकियो

रास्वपाद्वारा प्रत्यक्षतर्फका उम्मेदवारका लागि आवेदन खुला, शुल्क २५ हजार तोकियो

सहर्ष न्युज
आइतवार, मंसिर २२ २०८२
सहर्ष न्युज
आइतवार, मंसिर २२ २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार आवेदन खुला गरेको छ। उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यद्वारा जारी सार्वजनिक सूचनामा योग्यता पुगेका इच्छुक पार्टी सदस्यले आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन सक्ने उल्लेख छ।

    पार्टीले मोबाइल एपमार्फत आवेदन माग गरेको छ। प्रत्यक्षतर्फका उम्मेदवारका लागि आवेदन शुल्क २५ हजार तोकिएको छ भने समानुपातिकतर्फका उम्मेदवारका लागि ५० हजार शुल्क निर्धारण गरिएको छ।

    आर्थिक अभावका कारण शुल्क तिर्न नसक्ने व्यक्तिहरूले विपन्नता परिचयपत्र र पार्टीको पालिका समितिको सिफारिससहित आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    रास्वपाले यसअघि विहीबार जारी सूचनामार्फत समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेको छ।

    rsp-notice.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend