२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • इन्टर मियामीले जित्यो पहिलो एमएलएस कप,...

इन्टर मियामीले जित्यो पहिलो एमएलएस कप, मेस्सीको जादू अमेरिकामा

इन्टर मियामीले जित्यो पहिलो एमएलएस कप, मेस्सीको जादू अमेरिकामा

आइतवार, मंसिर २२ २०८२
आइतवार, मंसिर २२ २०८२
  • काठमाडौँ। लियोनेल मेस्सीको दुई उत्कृष्ट असिस्टको मद्दतमा इन्टर मियामीले शनिबार राति भ्यानकुभर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै क्लबको इतिहासमै पहिलो एमएलएस कप उपाधि जितेको छ। खेल १ -१ बराबरीको स्तिथिमा ७१औँ मिनेटमा मेस्सीले बल खोसेर रोड्रिगो डी पललाई गोल गर्न असिस्ट गरेपछि मियामीले अग्रता लिएको थियो भने इन्ज्युरी समयको छैटौँ मिनेटमा पुन रोड्रिगो डी पलले गोल गर्दै मियामीलाई ३–१ को जित पक्का गरे।
    यो जितसँगै मेस्सीले व्यक्तिगत रूपमा ४४औँ सिनियर ट्रफी जितेका छन् भने इन्टर मियामीका लागि यो तेस्रो उपाधि हो (२०२३ लिग्स कप, २०२४ सपोर्टर्स शिल्ड र अब २०२५ एमएलएस कप)। मेस्सी नै प्लेअफ एमभिपी घोषित भएका थिए।
    म्याचको अन्तिम टच कप्तान सर्जियो बुस्केट्सले गरेका थिए। खेल सकिएलगत्तै बुस्केट्स र जोर्डी अल्बाले सन्यासको घोषणा गरे। यी दुवै पूर्व बार्सिलोना खेलाडीलाई मेस्सीले भावुक विदाई दिए।
    मियामीलाई उपाधि दिलाउनाले डेभिड बेकह्यामको १२ वर्षको सपना पनि पूरा भएको हो। डेभिड बेकह्यामले खेलाडीको रूपमा यो कप उठाई सकेका थिए भने अब क्लब मालिकका स्थानबाट पनि उनले यो जित हासिल गरे। यो उपाधिले इन्टर मियामीलाई एमएलएसको १६औँ च्याम्पियन बनाएको छ। अर्को सिजन नयाँ स्टेडियममा खेल्ने मियामीले अब लगातार दोस्रो उपाधि जित्ने लक्ष्य राखेको छ।
    मेस्सीले जितपछि भने, “यो एक सुन्दर र भावुक क्षण हो।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend