२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे उच्चस्तरीय...

निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे उच्चस्तरीय बैठक

निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे उच्चस्तरीय बैठक

शुक्रवार, मंसिर २० २०८२
शुक्रवार, मंसिर २० २०८२
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा बालुवाटारमा आगामी निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणबारे विस्तृत छलफल भई रहेको छ । बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेल सहभागी हुनुहुन्छ । निर्वाचन आयोगबाट कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुनशमशेर राणा, सचिव महादेव पन्थ तथा सहसचिवहरू नारायण प्रसाद भट्टराई, यज्ञप्रसाद भट्टराई र राजेन्द्रकुमार केसी उपस्थित हुनुहुन्छ।

    राजनीतिक दलहरूको तर्फबाट सहभागी  :

    नेपाली कांग्रेस : गगन थापा र पुष्पा भुसाल
    नेकपा (एमाले) : शंकर पोखरेल र महेश बर्तौला
    नेकपा (एकीकृत समाजवादी) : शक्ति बस्नेत र प्रकाश ज्वाला
    राष्ट्रिय स्वतन्त्र पार्टी : शिशिर खनाल र सोबिता गौतम
    राष्ट्रिय प्रजातन्त्र पार्टी : राजेन्द्र गुरुङ र भुवन पाठक
    जनता समाजवादी पार्टी नेपाल : प्रकाश अधिकारी
    जनमत पार्टी : नरेन्द्र चौधरी

    PMO 2.jpg

    PMO 3.jpg

    त्यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका चारवटै सुरक्षा निकायका प्रमुखहरू पनि बैठकमा उपस्थित छन् । बैठकमा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आवश्यक सुरक्षा रणनीति, बजेट व्यवस्थापन, आचारसंहिता पालना र समन्वयका विषयमा गम्भीर छलफल भएको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend