विराटनगर । खानेपानि, सिंचाई तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेशले मन्त्रालय अन्तर्गत विभिन्न डिभिजन कार्यालयहरूमा कार्यरत इञ्जिनियर, सव-इञ्जिनियर र प्राविधिक कर्मचारीहरूलाई ३ दिने तालिम सञ्चालन गरेको छ ।
सौर्य लिफ्टिङ प्रणाली डिजाईन तथा लघु जलविद्युत आयोजना मर्मतसम्भार सीप विकास तालिम मिति २०८२ मंसिर १६ गते शुरू भई १८ गते सम्पन्न हुने छ। माननीय मन्त्री एकराज कार्की ज्यूले उद्घाटन गर्नु भएको तालिम कार्यक्रमको उद्घाटन समारोहलाई मन्त्रालयका सचिव पुष्कर प्रसाद पोखरेलले अध्यक्षता गर्नु भएको थियो भने महाशाखा प्रमुख कृष्ण प्रसाद राजवंशीले स्वागत गर्नु भएको थियो ।
२६ जना प्राविधिक कर्मचारीहरू सहभागी हुने तालिम कार्यक्रम सञ्चालन गर्न GIZ नेपालको REEEP-GREEN कार्यक्रमले सहयोग गरेको छ । REEEP-GREEN कार्यक्रमले प्रदेश र स्थानिय तहमा नविकरणीय ऊर्जा कार्यक्रम प्रवर्धन गर्न प्रदेश सरकार र स्थानिय सरकारलाई प्राविधिक सहयोग उपलब्ध गराउदै आएको छ । तालिम कार्यक्रम मोरङ जिल्लाको बिराटचोक स्थित होटल नेपालीरिकामा सञ्चालन गरिएको छ ।
