२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • ककपिटमा फोटोग्राफी नियम उल्लंघन: प्रशिक्षक पाइलट...

ककपिटमा फोटोग्राफी नियम उल्लंघन: प्रशिक्षक पाइलट विजय लामा र क्याप्टेन सोनी राणा ग्राउन्डेड

ककपिटमा फोटोग्राफी नियम उल्लंघन: प्रशिक्षक पाइलट विजय लामा र क्याप्टेन सोनी राणा ग्राउन्डेड

सहर्ष न्युज
आइतवार, मंसिर १५ २०८२
सहर्ष न्युज
आइतवार, मंसिर १५ २०८२
  • काठमाडौं । नेपाल वायुसेवा निगमका प्रशिक्षक पाइलट विजय लामा र वरिष्ठ क्याप्टेन सोनी राणा ककपिट नियम उल्लंघनका कारण ‘ग्राउन्डेड’ भएका छन् । ककपिटमा फोटोग्राफी वा भिडियोग्राफी गर्न नपाइने नियम तोडिएको ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले उनीहरूलाई कारबाही गरेको हो ।

    प्राधिकरणका अनुसार अर्को सूचना नआएसम्म दुबै पाइलटलाई जहाज उडाउन नपाइनेछ। क्याप्टेन विजय लामा यसअघि पनि यस्तै कसुरमा पटक–पटक कारबाहीमा पर्नु भएकाले पुनः कारबाही गरिएको बताइन्छ।

    प्राधिकरणले ककपिट सुरक्षा नियम कडाइका साथ पालना गर्न सबै चालक दललाई निर्देशन पनि दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend