२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • इङ्ल्यान्डसंग पहिलो भेट - बङ्गलादेशसँग तेस्रो;...

इङ्ल्यान्डसंग पहिलो भेट - बङ्गलादेशसँग तेस्रो; हिसाब चुक्ता गर्ने मौका !

इङ्ल्यान्डसंग पहिलो भेट - बङ्गलादेशसँग तेस्रो; हिसाब चुक्ता गर्ने मौका !

बुधवार, मंसिर ११ २०८२
बुधवार, मंसिर ११ २०८२

  • काठमाडौँ। अबको फेब्रुअरी–मार्चमा भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटको समूह विभाजन र खेल तालिका सार्वजनिक भएको छ। मुम्बईमा मङ्गलबार भएको विशेष समारोहमा समूह र खेल तालिका घोषणा गरियो र नेपाल निकै रोचक समूहमा परेको छ।

    नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ दुई–दुई पटकका विश्व विजेता इङ्ल्यान्ड र वेस्ट इन्डिज, अनुभवी बङ्गलादेश र नयाँ टोली इटाली छन्। यो समूह विश्वकपकै सबैभन्दा रोचक समुह मानिएको छ।  

    नेपालको खेल तालिका यस्तो छ:
    🔥 ८ फेब्रुअरी – नेपाल vs इङ्ल्यान्ड (वाङ्खेडे स्टेडियम, मुम्बई)
    (नेपालले पहिलो पटक इङ्ल्यान्डसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै! 
    🔥 १२ फेब्रुअरी – नेपाल vs इटाली (मुम्बई)
    🔥 १५ फेब्रुअरी – नेपाल vs वेस्ट इन्डिज (मुम्बई)
    🔥 १७ फेब्रुअरी – नेपाल vs बङ्गलादेश (मुम्बई)

    नेपालले पहिले नै भारत, पाकिस्तान, बङ्गलादेश, दक्षिण अफ्रिकाजस्ता ठूला टिमसँग खेली सकेको छ। अघिल्लो विश्वकपमा नेपाल दक्षिण अफ्रिकासंग जितबाट मात्र १ रनले चुकेको थियो । 

    इतिहासकै सबैभन्दा ठूलो म्याच!

    इङ्ल्यान्डसंगको खेल नेपालका लागि केवल खेल होइन, यो त सपनाको पहिलो अध्याय हो। नेपाली क्रिकेटले १९४७ मा भारतसँग पहिलो अनौपचारिक खेल खेलेको थियो, तर इङ्ल्यान्डसँग कहिल्यै भिड्न पाएको थिएन। अब ७८ वर्षपछि त्यो सपना पूरा हुँदैछ। वाङ्खेडेमा नेपाली राष्ट्रिय गान बज्दा, जब हजारौ दर्शकमाझ रातो नीलो झण्डा फहराउनेछ, त्यो क्षण हरेक नेपालीको आँखा रसाउनेछ। इङ्ल्यान्ड भनेको क्रिकेटको जन्मदाता हो, दुई पटकको टी–२० विश्व विजेता हो, र यो टिममा जो रुट, बेन स्टोक्स, जोफ्रा आर्चरजस्ता सुपरस्टारहरू सामिल छन् । नेपालको लागि यो भिडन्त विश्वलाई आफ्नो कौशलता र सिप देखाउने अवसर हो।

    बंगलादेशसंग तेस्रो भेट ; हिसाब मिलाउने मौका 

    बङ्गलादेशसँग नेपाली टोलिको टी–२० विश्वकपमा पुरानो लेखाजोखा छ। २०१४ मा चट्टगाउँमा ८ विकेटको हार र २०२४ मा किङ्सटाउनमा २१ रनले पराजित । दुवै खेलमा नेपाली टोली नजिक पुगेका थियो, तर जित टाढा रह्यो। अब तेस्रो भेटमा नेपाली टोलि फरक खेलाडी लिएर उत्रिदैछ – परिपक्व, आत्मविश्वासले भरिएको र बदला लिन तयार टोली । यो म्याच जित्नु भनेको दक्षिण एसियाली क्रिकेटको नक्सामा नेपालको स्थान बलियोसँग कोर्नु हो। बङ्गलादेशलाई हराएमा भारत–पाकिस्तान जस्ता बलिया टोलिले पनि नेपाललाई गम्भीरतापूर्वक लिन बाध्य हुनेछ। 

    यो विश्वकप नेपालका लागि ठूलो अवसर हो। नेपाल निकै बलिया टिमहरूसँग खेल्दैछ, तर नेपालका खेलाडीहरू राम्रा छन् र मनमा ठूलो जोश छ। नेपाल प्रिमियर लिगले पनि नेपाली खेलाडीहरुलाई राम्रो अनुभव प्रधान गर्नेछ। यो प्रतियोगिता सकिएपछि सबैले थाहा पाउनेछन् – नेपाल अब साँच्चैको टी-२० क्रिकेट टिम हो, नेपालको पनि विश्व मञ्चमा विशेष ठाउँ छ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend