काठमाडौं । यातायात व्यवस्था विभागले अत्यावश्यक सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण सम्बन्धी सूचना फेसबुकबाट दिने भएको छ ।
विभागका अनुसार applydlnew.dotm.gov.np मार्फत अनलाइन फारम भरी स्वीकृति (Approve) प्राप्त भएपछि ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुपर्ने सूचना पहिले Notification प्रणालीमार्फत आउने गर्थ्यो। तर, त्यो जानकारी प्रणाली सुरक्षित नहुँदा अवरुद्ध भएपछि अब लाइसेन्स वितरण सम्बन्धी विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत प्रकाशन गरिने जनायो ।
सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको नाम सूची फेसबुकमार्फत सार्वजनिक गरिने विभागले जानकारी दियो ।
उक्त सूचीमा नाम समावेश भएका आवेदकलाई सकल राजस्व रसिदसहित-र नविकरण वा वर्ग थपको हकमा पुरानो सवारीचालक अनुमतिपत्र लिएर-मीनभवनस्थित विभागमा उपस्थित हुन आग्रह गरिएको छ।

